सर्वदलीय बैठकमा एमसिसी सम्झौता अगाडि बढाउने कि के गर्ने भन्नेबारे छलफल

काठमाडौं । सर्वदलीय बैठकमा एमसिसीबारे छलफल भएको छ । बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्नेबारेमा आज छलफल भएको हो ।

आजको बैठकमा एमसिसीबारे छलफल भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एमसिसीबारे थप छलफल गर्ने तयारी भएको उनले बताए ।

‘एमसिसीबारे दलका नेताहरूले आफ्ना धारणा राख्नुभयो। आशंका पनि आए, निरन्तर छलफल गरेर एमसिसीबारे निष्कर्षमा पुग्छौं’ बैठकपछि पत्रकारहसँग उनले भने ।

आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया