साउन देखि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम

काठमाडौं - गत साउन देखि ठप्प बनेको प्राथमिक शेयर निष्कासन प्रक्रिया अब भने खुल्ने भएको छ । 

बोर्डको अध्यक्ष नभए पनि अध्यन गरेका कम्पनीको शेयर निष्कासन खुल्ला गर्ने तयारी रहेको बोर्डले जनाएको छ । 

आइपीओ निष्कासन नहुँदा धेरै कम्पनीहरूको लगानीमा प्रभाव परेको गुनासो आएको थियो । यस अघि बोर्डका अध्यक्ष भीष्म ढुङ्गाना छानवीनमा परी निष्कासित भएपछि बोर्ड लामो समय देखि अध्यन विहिन छ । 

अहिले सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अगाडी बढाई रहेको छ । माघ महिना सम्ममा बोर्डले प्रमुख पाउने सम्भावन समेत रहेको छ । 

अहीले सम्म जलविद्युत, लगानी, बिमा र लघुवित्त गरी ३१ कम्पनीहरुले ८ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् । 

यस्तै बिमा, वित्त र जलविद्युत गरी ४ कम्पनीहरुले २ अर्ब ७ करोड ६५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् । ३ बैंकहरुको ३ अर्ब २० करोड रुपैयाँको ऋणपत्र पाइपलाइनमा रहेको छ । 

विभिन्न १४ वटा कम्पनीहरुले १५ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी म्युचअल फण्ड निष्कासन गर्न बोर्डमा पुगेका छन् । 

प्रतिक्रिया