काठमाडौं महानगरका प्रमुख कार्यकारी अधिकृत गुरागाईं ३ महिनापछि जिम्मेवारीमा फर्किए

काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन्। कर्मचारी तथा जनप्रतिनिधिको सहयोगमा उनले बुधबार कार्यालय पुगेर आफ्नो जिम्मेवारी पुनः सम्हालेका हुन्।

पत्रकारहरूले शिक्षक तथा कर्मचारीको तलब भुक्तानीबारे जिज्ञासा राख्दा गुरागाईंले पाउनुपर्ने बताउँदै समाधानका लागि प्रक्रिया अघि बढ्ने संकेत दिए। महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेसँगै बिहीबारदेखि सबै कार्य सहज हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय