निर्जीवन बीमा कम्पनीको लाभांश वितरणमा रोक, शेयर बजारमा असर पर्ने

काठमाडौं–बीमा कम्पनीको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लाभांश वितरणमा रोक लगाएको छ । कोरोना बीमा भन्दै सर्वसाधारणबाट प्रिमियम उठाएर दाबी भुक्तानी नगरेका निर्जीवन बीमा कम्पनीहरुले लाभांश बाँड्न नपाउने भएका हुन् ।

सर्वसाधारणलाई भुक्तानी गर्नुपर्ने दायित्व ठूलो हुँदाहुँदै नाफा देखाएर लाभांश बाँड्न लाएकाले रोक लगाएको हो । लाभांश बाँड्न रोक लगाएपछि त्यसको असर सेयर बजारमा पर्ने भएको छ ।

अघिल्लो आर्थिक वर्ष नेपाल पुनर्बीमा कम्पनीसहित १३ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश पारित गरेका थिए । ६ वटा जीवन बीमा कम्पनीहरुले लाभांश वितरण गरेका थिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा कम्पनीहरुलाई लाभांश वितरण गर्न नदिने बताए । लामो समयदेखि बीमितलाई कोरोनाको दाबी भुक्तानी पाएका छैनन् ।

लामो समयदेखि कोभिडको दाबी भुक्तानी दिन सकेका छैनन् । एक लाख ३८ हजार २५१ जनाले बीमा रकम पाउन बाँकी छ । दाबी भुक्तानी गर्न बाँकी कम्पनीहरुले आफैंले स्किम ल्याएका थिए । 

बीमा कम्पनीहरुले आफ्नो फाइदाका लागि ल्याएको स्किममा पछि सरकार जोडिएको थियो । बीमा कम्पनीहरुले आफ्नो पैसा लिनुपर्ने भए सरकारसँग लिनु पर्छ । ग्राहकलाईसरकारले दिएन भनेर दाबी भुक्तानी रोक्न मिल्दैन ।

बीमाको दाबी रकम १३ अर्ब १९ करोड ७८ लाख ५५ हजार २१३ रुपैयाँ छ । सरकारले अहिलेसम्म ४१ करोड ९५ लाख १४ हजार ७ सय रुपैयाँ मात्र उपलब्ध गराएको छ । बाँकी पैसाका लागि बजेटमा व्यवस्था पनि गरेको छैन । यसैलाई देखाएर नाफा हुँदा पनि बीमा कम्पनीहरुले दाबी भुक्तानी तिर्न रोकेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय