काठमाण्डौ । साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २७३४ विन्दुमा पुगेको छ । दिनैभरि उतारचढाव रहेको शेयर बजार बन्द हुने बेलामा सामान्य बढेको हो ।
आज दिनै भरिमा २२७ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा १०२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ त्यस्तै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज ४ अर्व २१ करोड भन्दा धेरैको शेयर खरिद विक्री हुँदा एनटीसीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्यमा सर्किट नलागे पनि मैलङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।