हरियाली फर्कियो शेयर बजारमा, १ सय ६१ अंकले नेप्से बढ्दा लगानीकर्ता मालामाल

काठमाण्डौ । लगातार ओरालो लागेको शेयर बजारमा रौनक फर्किएको छ । ३२ नजिकबाट २८ सय सम्म आएको बजारमा आज भने दोहोरो अंकको बृद्धि देखिएको छ । 

नेप्से सोमबार १ सय ६२ विन्दुले बढेर समग्र बजार २९८० विन्दुमा पुगेको छ भने कारोबार रकम दश अर्व हाराहारीमा भएको छ । 

आज कारोबार भएका २२द् कम्पनीहरुमा सबै कम्पनीहरुको शेयर मुल्य बढेको छ भने जीवन विमा समूहमा सबे भन्दा धेरै उछाल आएको छ । 

अरुण भ्यालीको शेयर कारोबार सबै भन्दा धेरै हुँदा करिव ३ दर्जन कम्पनीहरुको शेयर मुल्य सर्किट लेवलमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया