काठमाडौं–नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।
यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाएका छन् । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ ।
खास गरेर वर्तमान गठबन्धनका प्रमुख २ पार्टीका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेको छ ।
सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसलाबाट सरकारको नेतृत्व गरेका सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस भएको छ । असार २९ गते मंगलबार प्रधानमन्त्रीको सफथ लिएका शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै कठिन भएको हो ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको कसर गरिरहेको बेला एमालेका माधव नेपाल समूह भने सरकारमा जाने कि नजाने भन्नेबारे अनिर्णित देखिन्छ । नेकपा (माओवादी केन्द्र)ले पनि सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुको नाम टुंग्याउन सकेको छैन ।
आज बसेको स्थायी समिति बैठकले पनि मन्त्रीहरुको नाम टुंगो लगाउन सकेन । भोलि दिनको ३ बजे बस्ने बैठकले मन्त्रीको टुंगो लगाउने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यस्तै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पनि काङ्ग्रेसबाट कोकसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन् । सोमबारसम्ममा मन्त्रिपपिरष्द विस्तारलाई पूर्णता दिने योजना बनाए पनि मन्त्रालयको बाँडफाँडमा गठबन्धनका अन्य दलसँग कुरा नमिल्दा मन्त्रीहरुको टुंगो लगाउन कठिन भएको हो ।
३ साउनमा प्रतिनिधिसभामा विश्वासको मत लिएका देउवाले मन्त्रालय बाँडफाँड मिलाउन प्रयास गरिरहेका छन् । तर, उनी निर्क्योलमा पुग्न भने सकेका छैनन् ।
यता सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउन अन्तिम कसरतमा जुटेका छन् ।
शनिबार मात्रै संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । स्रोतका अनुसार यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको छ । आफ्नो भागमा ७ मन्त्रालय परेको जसपामा मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न अन्तिम छलफल भइरहेको छ । सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरिसकेका छन् ।
त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा रहेको छ । ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई पनि विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेको एक नेताले बताए ।
त्यस्तै राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ । इस्तियाक राई, अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूको भनाई छ । प्रदेश–१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् ।
जसपाको अर्को समूह महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएको थियो । अन्तिम समयमा विश्वासको मत दिने निर्णय गरेका महन्थले पक्ष भने सरकारमा नजाने भएका छन् ।