काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार अब भने माथि जाने संकेत देखिएको लगानीकर्ताहरुले बताएका छन ।
स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले अब पुजी बजारका सुखद दिन आएको बताउनु भएको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत उहाँले प्रक्रिया दिँदै भन्नु भएको छ, पुँजी बजारको लागि सुखद दिन सुरु भएकाछन ।
३२ सय हाराहारीमा पुगेका बजार निरन्तर ओरालो लागेर २३ सयमा आएको थियो । त्यस पछि बजार फेरी माथि जान लागेको छ । अघिल्लो हप्ता बजारमा केहि सुधार देखिएको छ । कार्की थप्नुहुन्छ , अहिले पक्कै पनी लगानिको उपयुक्त समय वरिपरि छौ त्यसैले लगानिको उपयुक्त निर्णय गर्न सके पर्याप्त नाफा कमाउने अवसर हुनसक्छ । जय पुजिबजार जय लगानिकर्ता ।