ओलीकै बाटोमा माधव नेपाल,संसद् भंग गरेर निर्वाचन

कामाठाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने विकल्प अघि सारेका छन् । पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गरेपछि अब यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानु नै उत्तम हुने अध्यक्ष नेपालको भनाई आएको हो ।


आज संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘संसद्‌मा केपी ओली कति सहने रु एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’

तर, सत्तारुढ दल नेकपाका प्रभावशाली नेता वर्षमान पुनले भने अर्ली ईलेक्शनको कुनै सम्भावना नरहेको टिप्पणी गरे । उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भन्दै अब अर्ली ईलेक्शनको सम्भावना नरहेको बताएका हुन् ।

पछिल्लो समय अर्ली ईलेक्शनको बहस भैरहेको छ । केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि संघीय संसद्को निर्वाचन अघि नै पनि हुनसक्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय