☰

युवाहरू तयार भए पद छोड्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका लागि उनीहरूलाई अगाडि बढ्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले युवाहरूले वैज्ञानिक खोज, अध्ययन, आविष्कार र नयाँ ढंगले काम गर्नुपर्नेमा जोड दिँदै सरकारले यस्ता पहललाई सबै खालको साथ दिने बताए। उनले युवाहरूको क्षमतामाथि विश्वास व्यक्त गर्दै नेतृत्व सम्हाल्न पनि अब उनीहरू तयार हुनुपर्ने धारणा राखे।

उनले भने, “यो युवाहरूको समय हो, उनीहरूले गर्न सक्छन्। म त पद छोड्न तयार छु, तर युवाहरूले पनि तयार हुनुपर्छ। म युवाहरुलाई इन्करेज गर्न चाहन्छु।”

प्रधानमन्त्री ओलीले नेपालमा लगानी र काम गर्न कुनै अवरोध नरहेको दाबी गर्दै अवसरलाई उपयोग गर्न युवाहरूलाई आह्वान गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय