मनसुनी प्रभाव जारी, पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने संकेत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ।

मौसम बुलेटिनअनुसार पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

सोमबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया