यो हप्ता शेयर बजारको लागि सुखद हुने संकेत,प्रिओपन सेसनमा ७ अंक भन्दा धेरैले बढ्यो नेप्से

काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बढेर समग्र बजार २७०० विन्दुमा पुगेको छ । अघिल्लो साता नेप्सेको लागि सुखद भएको थियो भने यो हप्ता पनि बजारले राम्रो संकेत देखाएको छ । 

आज २४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १६ कम्पनीहरुको शेयर मूल्य बढेको भने ३ कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज १९ लाख ७१ हजार बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया