काठमाडौ - सबैले चासोका साथ हेरेको महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाहले सुरुवाती अग्रता लिएपछि यसले चौतर्फि चर्चा पाएको छ ।
यसै बीच एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् ।
सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् ।