काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् ।
शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो ।साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।
स्वतन्त्र रुपमा उमेदवार बनेका शाह सामाजिक सञ्जालमा निकै चर्चित छन् । उनले आफ्नो विचारहरुले धेरै युवाहरुलाई प्रभावित समेत पारेका छन् ।
शाहले आफू ९० हजार भन्दा धेरै मत ल्याएर विजयी हुने बताउँदै आएका छन् । साथै उनले आफूले एमाले र कांग्रेसका भोट काट्न आएको बताउँछन् ।