काठमाण्डौ । निर्वाचनको मिति घोषणा भएपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८७७ विन्दुमा पुगेको छ ।
यो सेसनमा कारोबार भएका ९० कम्पनीमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी २ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै अन्य कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । एचआईडीसीएलको सबै भन्दा धेरै खरिद बिक्री हुँदा २ दर्जन हाराहारी कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा वृद्धि भएको छ ।
सरकारले सोमबार चुनावको मिति घोषणा गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । आज केही समय यताकै उच्च २० करोड माथिको शेयर खरिद बिक्री भएको छ ।