नविल बैंक र नेपाल बंगलादेश बैंक एक हुने पक्का

काठमाडौं - केही समयको अन्योल बीच दुई बैंक नविल र बंगलादेश बैंक एक हुने पक्का भएको छ । 

नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने सम्झौता गरेकाे छ । उक्त सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा विगत केही हप्तादेखि बाक्लो छलफल भइरहेको थियाे। एनबी बैंकको सञ्चालक समिति बैठकले नबिल बैंकसँग एक्विजिसनमा जाने विषय पारित गरिसकेको छ भने नबिल बैंकले पनि सो विषयलाई पारित गरिसकेको छ । एक्विजेशनपछि बैंकले नबिल बैंककै नाममा कारोबार गर्नेछ । 

एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर स्वाप रेसियो निर्धारण गरिएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) रिपोर्टमा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।

प्रतिक्रिया