मंगलबार घटेर बन्द भएको शेयर बजारमा बुधबार भने रौनक,प्रिओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाण्डौ । मंगलबार अन्तिम पाँच मिनेटमा आक्रामक कारोबार हुँदै दश अङ्कले घटेको शेयर बजार बुधबार प्रि-ओपन सेसनमा भने बढेको छ । 

आज यो सेसनमा नेप्से करिव ९ अङ्कले बढेर समग्र बजार २९४५  विन्दुमा पुगेको छ । पछिल्ला केही दिन शेयर बजारलाई असर गर्ने त्यस्ता कुनै नकरात्मक समाचार नआएका साथै नयाँ लगानीकर्ताहरूको समेत प्रवेशले बजारमा उत्साह थपिएको छ । 

आज यो सेसनमा ३९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २८ कम्पनीहरूको शेयर मूल्य बढेको छ साथै ४ कम्पनीहरूको शेयर मूल्य भने घटेको छ साथै बाँकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । 

सीईडीवी जलविद्युत कम्पनी शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा २३ लाख भन्दा धेरै रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय