२० वाणिज्य बैंकको त्रैमासिक नाफा ४१ अर्ब नाघ्यो, एनआईसी एशिया सबैभन्दा पछाडि

काठमाडौं । देशका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) सम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंकहरूको नाफा १.४० प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष (२०८०/८१) को चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूको नाफा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ थियो। त्यसअघिको वर्षमा भने नाफा ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ थियो, जुन तुलनामा १३.४७ प्रतिशतले कम थियो।

यस वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्न सफल बैंक नेपाल बैंक रहेको छ, जसको नाफा अघिल्लो वर्षको तुलनामा २०३२.५० प्रतिशतले बढेर दुई अर्ब ७८ करोड ३४ लाख पुगेको छ। अघिल्लो वर्ष भने यो बैंकको नाफा ९२.६८ प्रतिशतले घटेको थियो।

२०७८/७९ देखि हेर्दा, २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा वृद्धि भएको छ भने ९ बैंकको नाफा घटेको छ। सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक नबिल बैंक हो, जसले पाँच अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ। यता, सबैभन्दा कम नाफा कमाउने बैंक एनआईसी एशिया बैंक हो, जसको नाफा १५ करोड ६७ लाख रुपैयाँमा सीमित छ।

बैंकको नाम २०८१/८२ (रु. हजारमा) २०८०/८१ (रु. हजारमा) नाफा अन्तर (प्रतिशत)
नेपाल बैंक 2,783,484 130,705 +2032.50%
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक 4,250,004 3,072,737 +38.61%
ग्लोबल आइएमई बैंक 3,367,059 2,508,554 +34.19%
एभरेस्ट बैंक 2,450,622 1,838,242 +33.34%
माछापुच्छ्रे बैंक 1,910,654 1,484,668 +28.68%
सानिमा बैंक 1,652,456 1,437,884 +14.95%
नबिल बैंक 5,125,199 4,668,002 +9.79%
एनएमबि बैंक 2,293,765 2,178,594 +5.28%
प्रभु बैंक 1,956,050 1,897,155 +3.10%
नेपाल एसबिआई बैंक 1,202,469 1,164,429 +3.27%
लक्ष्मी सनराइज बैंक 1,967,954 1,926,025 +2.18%
सिदार्थ बैंक 1,656,260 1,665,850 -0.58%
कृषि विकास बैंक 1,442,262 1,612,995 -10.58%
स्ट्यान्डर्ड चार्टर्ड बैंक 2,173,642 2,468,263 -11.93%
सिटिजन्स इन्टरनेशनल बैंक 1,511,522 1,754,602 -13.85%
प्राइम कमर्सियल बैंक 2,223,306 2,576,245 -13.71%
राष्ट्रिय वाणिज्य बैंक 2,308,500 2,769,353 -16.65%
कुमारी बैंक 1,254,523 1,845,775 -32.02%
हिमालयन बैंक 800,065 1,382,659 -42.13%
एनआईसी एशिया बैंक 156,754 1,914,957 -91.81%
जम्मा 41,251,138 40,683,061 +1.40%
.

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय