काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा मंगलबार करिव ५ अंकले बृद्धि भएको छ ।
सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार भने समान्य बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर ८४ लाख माथि पुगेको छ । ३२ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ७ कम्पनीको शेयर मुल्य भने घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मुल्य यथावत रहेको छ ।
आधा दर्जन कम्पनीहरुको शेयर २ प्रतिशतको हाराहारीमा बढेर कारोबार हुँदा आरएमडीसी लद्युवित्तको शेयर खरिद सबै भन्दा धेरै भएको छ ।