काठमाडौं — अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गत बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका थिए, जसमा शेयर बजारसम्बन्धी पाँचवटा बुँदाहरू समावेश गरिएको थियो। यी सबै बुँदाहरू बजारका लागि सकारात्मक मानिए पनि, बजेटपछिको बजार प्रतिक्रिया भने अपेक्षाअनुसार उत्साहजनक देखिएन।
सप्ताहको पहिलो कारोबार दिन सोमबार शेयर बजार खुलेको समयमा नेप्सेमा उल्लेख्य वृद्धि देखिए पनि कारोबार अन्त्यतिर सो उत्साह घट्दै गयो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेर बन्द भएको छ।
आजको दिनभरिमा कुल ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर किनबेच भएको छ।
कुल २१४ वटा कम्पनीको शेयर कारोबार भएकोमा ११५ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १३३ कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबारको क्रममा कुल ८३ हजार १६ पटक शेयर किनबेच गरिएको थियो।