आज पनि नेप्सेमा हरियाली छाउने संकेत - प्रिओसन सेसनमा १८ अंकले बढ्यो नेप्से

काठमाण्डौ । सोमबार सतक भन्दा धेरैले बढेको नेप्से मंगलबार प्रिओपन सेसनमा समेत १८ अंक भन्दा धेरैले बढेर समग्र बजार ३ हजारको विन्दुमा पुगेको छ  ।

यो सेसनमा आज ८३ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो जसमा तीन दर्जनको कम्पनीको शेयर मूल्य २ प्रतिशले बढेको छ भने ६८ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ । साथै ५ कम्पनीको शेयर मूल्य घटेको छ  भने ८ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

अपि पावरको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा २० करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । 
 

प्रतिक्रिया