अमेरिकी डलरको मूल्य नयाँ उँचाईमा

काठमाण्डौ । अमेरिकी डलरको मूल्य नयाँ उँचाईमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको खरिददर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो।

यस अघि गत जेठ ३० गते, बुधबार डलरको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको थियो। डलरको मूल्यवृद्धिले आयात(निर्यातमा थप चुनौतीहरू सिर्जना गरेको छ भने अन्तर्राष्ट्रिय कारोबारमा असर परेको छ।

अन्य विदेशी मुद्राहरूको विनिमय दर
यस दिन अन्य प्रमुख विदेशी मुद्राहरूको विनिमय दर पनि नेपाल राष्ट्र बैंकले तोकेको छ। युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ २८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ १२ पैसा र बिक्रीमा ८९ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ।

मध्यपूर्वका मुद्राहरू
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा तोकिएको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा रहेको छ।

अन्य विदेशी मुद्राहरू
मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा रहेको छ। यसरी विभिन्न विदेशी मुद्राहरूको विनिमय दर तोकिएपछि आयातकर्ता र निर्यातकर्ता दुवैले आफ्नो कारोबारमा सर्तकता अपनाउनु पर्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय