काठमाण्डौ । विहिबार बन्द भएर आज खुलेको शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । सोमबार नेप्से प्रिओपन सेसनमा १४ अंक भन्दा धेरैले बढेर समग्र बजार २३९० विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ३१ कम्पनीहरुको १२ लाख माथिको कारोबार भएको छ । कारोबार भएका मध्य २५ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आज नेपाल बंगलादेश बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । बैंक क्षेत्रले लिड गरेको बजारमा लामो समयपछिको हरियालीले लगानीकर्तामा उत्साहा आएको छ ।