शेयर बजारमा निरन्तर रौनक,६३ अंकले नेप्से बढ्दा कारोबार रकम कति ?

काठमाण्डौ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लेवलसँगै बजार मापक सूचक नेप्से आज ६३ अंकले बढेर समग्र बजार २६८० विन्दुमा पुगेको छ ।

यो हप्ता लागेसँगै नेप्सेमा निरन्तर उकालो यात्रा जारी छ । आज नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेर ४ अर्व ३२ करोड आसपास पुगेको छ । आन २३४ कम्पनीहरुको शेयर कारोबार भएकोमा १६६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । 

नेपाल बंगलादेश बैंकको शेयर खरिद सबै भन्दा धेरै मूल्यमा हुँदा डिभेन्चरहरुको मूल्य घटेको छ । उपसूचकमा हरियाली हुँदा उत्पादन र अन्य क्षेत्रको उपसूचक भने सामान्य घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय