खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ। खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ स्थित बालाबेसी क्षेत्रमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार काठमाडौंबाट शव बोकेर गएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले घटनाको पुष्टि गरेकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार विष्टका अनुसार बिहान ११:०९ बजे उडेको हेलिकप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया