एमाले फुट्यो, माधब नेपालको पक्षमा ३१ सांसद

काठमाडौं– नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले औपचारिक रूपमा विभाजित भएको हो । 


नेपाल पक्षले ५८ केन्द्रीय सदस्य र ३१ सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो । प्रस्तावित पार्टीको नाम नेकपा एमाले समाजवादी राखिएको छ । खुला किताबलाई उन्नत लोकतान्त्रिक पार्टीले दाबी गरेपछि चुनाव चिह्न भने प्रस्ताव गरिएको छैन । 


नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएको छ । त्यस्तै, केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ । निवेदन दर्तापछि नेता राजेन्द्र पाण्डेले एमालेसँगको सम्बन्ध टुंगिएको बताएका छन् । ‘केपी ओली सच्चिएर आउनुभयो भने फेरि पार्टी एकता हुनसक्छ । अहिलेलाई सम्बन्ध टुंगियो,’ उनले भने । निवेदक केन्द्रीय सदस्य र सांसदको प्रमाणीकरणपछि निर्वाचन आयोगले ४५ दिनभित्र दल दर्ताको निर्णय लिनेछ ।
 

प्रतिक्रिया