नेपाली बजारमा सुन ८०० रुपैयाँले सस्तो, चाँदी पनि घट्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ५७ हजार १०० रुपैयाँमा झरेको छ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ रहेको चाँदी आइतबार घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ।

प्रतिक्रिया