काठमाण्डौ । साताको दोस्रो दिन सोमवार नेप्से दोहोरो २७ अंकले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ४ अर्व ७३ करोड माथि पुगेको छ ।
आजको बृद्धिसँगै समग्र बजार २७१५ विन्दुमा पुगेको छ । आज दिनैभरिमा २२८ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने सर्किट लेवलमा कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा मूल्य पनि यहि कम्पनीको धेरै घटेको छ ।
नेप्सेका अधिकांस उपसूचकमा हरियाली छाउदा वीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ ।