साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो बजार,कारोबार रकम भने ७ अर्ब माथि

काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से दश अङ्क भन्दा धेरैले घटेर समग्र बजार २९२० बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । 

२३२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ४६ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दा ७ अर्ब माथिको शेयर खरिद बिक्री भएको छ । नेपाल टेलिकमको सबै भन्दा धेरै मूल्यका शेयर खरिद बिक्री हुँदा समलिङ्गी पावर कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

आज बीमा समूहको उपसूचकमा लगानीकर्ता झुँम्मिदा यही उपसूचक धेरैले बढेको छ भने बाँकी उपसूचक भने घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय