प्रधानन्यायाधिश जबराको विषयमा वकिलहरुबीच कुटाकुट


काठमाडौं–नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको विषयमा विवाद भएको थियो ।
चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् ।  उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् । 
‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’

प्रतिक्रिया