रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको हो। सहकारी ठगीको मुद्दामा एकैपटक यति धेरै व्यक्तिको पक्राउ आदेश जारी गरिएको यो पहिलो पटक हो।

 

जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बवु राई, राम बहादुर खनाल, देवेन्द्र बवु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने, र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको छ।

 

अदालतले बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने कारण मनासिब देखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको अनुमति पत्रमा उल्लेख छ।

प्रतिक्रिया