आज ८ बजे आइपीओ बाँडफाँड हुने, यहाँबाट एक घण्टामै नतिजा हेर्न मिल्ने

काठमाण्डौ - सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ मङ्गलबार बिहान ८:३० बजे बाँडफाँड हुने भएको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ । 

कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो । 

गाेलाप्रथाबाट बाँडफाँड गर्दा ६७ हजार ८ सय ९० जना आवेदकहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन् । बाँकी करिव २२ लाख आवेदकहरूकाे भने हात खाली हुनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे ।

यो पटक प्रबन्धकको वेबसाइट बाट छिटो नतिजा सार्बजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ। नतिजाको लागि यहा जान सक्नुहुने छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय