मौद्रिक नीतिको प्रतिक्षामा लगानीकर्ता, दोहोरो अंकले घट्यो आईतबार नेप्से

काठमाडौं -  साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेकाे थियाे । 

अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको रणनितीमा देखिन्छन् । नेपाल राष्ट्र बैंक यसै सातासम्ममा गर्ने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यदि सेयर कर्जामा लागेको सिमामा केहि संसोधन भयो भने बजार बढ्छ भन्ने विश्वासमा अहिले लगानीकर्ताहरु छन् त्यसैले पनि अहिलेको अवस्थामा लगानीकर्ताहरुको रणनिति नै पर्ख र हेर बनेको बताउँछन् लगानीकर्ता खेम लामिछाने ।  

 

"अब अहिले कतिपय मिडियाहरुले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत सेयर कर्जामा लगाइएको सिमा केही संशाेधन हुन्छ भन्छन् कतिपयले फेरी हुँदैन भन्छन् कसको विश्वास मान्ने बरु त्यो भन्दा केही समय पर्खेर मौद्रिक नीतिको समिक्षा पछि नै लगानीको रणनिती बनाउने योजना म लगायत धेरै लगानीकर्ताहरुको छ" लामिछानेले भने । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेकाे छ । नेप्से ०.४२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा झरेको छ । 

कूल २२५ वटा कम्पनीकाे ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय