आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्रामार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ ।

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँ बोनससम्म पाउन सक्नेछन् ।

मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया