प्रिओपन - ठुला कम्पनीहरूको शेयर मूल्य घट्यो

काठमाण्डौ । एक दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजार प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले घटेको छ । आजको गिरावटसँगै समग्र बजार २५४२ विन्दुमा पुगेको छ । सोमबार भने नेप्से सामान्य अङ्कले बढेर बजार बन्द भएको थियो । 

आज नेप्से घटेपनि कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य भने बढेको छ । २० कम्पनीको दश लाखमाथिको शेयर खरिद बिक्री हुँदा १० कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ । 

जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण रहँदा नेपाल टेलिकमको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय