सोमबार पनि नेप्से दोहोरो अङ्कले बढ्यो तर कारोबार रकम भने घट्यो

काठमाण्डु । साताको दोस्रो दिन बजार मापन परिसूचक नेप्से २० अङ्कले बढेर समग्र बजार २९४७ विन्दुमा पुगेको छ । नेप्से निरन्तर उकालो लागे पनि आज भने कारोबार रकम केही घटेको छ । आइतबार कारोबार रकम दश अर्ब नजिक पुगेको भए पनि सोमबार त्यो घटेर ८ अर्ब तल आएको छ । 

दिनैभरि आज नेप्सेमा निकै उतारचढाव देखिए पनि मध्यान्ह पछि बजार सम्हालिएको थियो । अघिल्लो हप्ता एक दिन मात्र घटेको बजार आइतबार ६९ अङ्कले बढेर बजार बन्द भएको थियो । 

केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशीको शेयर मूल्यमा मात्र आज सर्किट लागेर कारोबार भएको छ । २२२ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा यस अघि बढेका विकास बैंक फाइनान्स र लघुवित्त उपसूचक भने आज सामान्य घटेका छन । 

आज अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री भएको छ भने ८९ कम्पनीहरूको शेयर मूल्य बढ्दा  ९४ कम्पनीहरूको शेयर मूल्य भने घटेको छ साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

प्रतिक्रिया