शिक्षामन्त्री महावीरपुनको राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।

उनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। खनालले फेसबुकमा लेख्दै पुनले व्यक्तिगत अभियानमा सक्रिय हुनका लागि मन्त्री पद त्यागेको उल्लेख गरेका छन्।

महाविर पुन पछिल्लो समय प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित अभियानहरूमा सक्रिय रहँदै आएका थिए। सरकारमा रहँदा पनि उनले ग्रामीण प्रविधि, अनुसन्धान र नवाचारलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका थिए।

प्रतिक्रिया