काठमाडौं - नेपाल राष्ट्र बैंकले यही साताको अन्तिम सम्ममा पहिलो मौद्रिक नीतिको समीक्षा आउने बैंक स्रोतले जनाएको छ ।
अघिल्लो हप्ता नै आउने अपेक्षा गरिएको भएपनि त्यो केही ढिला भएको छ । यो हप्ताको शुक्रबार सम्ममा समीक्षा आउने धेरैको अनुमान समेत रहेको छ ।
अहिले राष्ट्र बैंक उच्च स्रोतका समिक्षाको ड्राफ्ट बनाउन लागिपरेका छन् । नीतिगत रुपमा खासै परिवर्तन नहुने समीक्षामा यो पटक भने कुनै विषयलाई विशेष सम्बोधन हुने विषय चर्चामा छ ।
राष्ट्र बैंकले तरलता अभाव र शेयर धितो कर्जाको विषयमा धेरै चासो भएका कारण यो विषयमा बैंकले के गर्छ भन्ने धेरैले चासोको विषय छ । तर यस विषयमा राष्ट्र बैंकबाट कुनै जानकारी भने प्राप्त हुन कठिन छ ।
अर्थ मन्त्रालय र सर्वसाधारणको समेत व्यापक चासोका कारण यो विषयलाई बैंकले केही व्यवस्था गर्नेमा धेरैको विश्वास रहेको छ । शेयर धितो कर्जाको शेयर बजारमा नकारात्मक असर गरेको धेरैको बुझाइ छ ।