इमर्जिङ नेपालको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सबैभन्दा पहिला नतिजा

काठमाडौं - इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट  भएको छ । कम्पनीको शेयर पाउने लक्की नम्बर ८ रहेको छ । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार) ४ बजे आइपीओ बाँडफाँड भएको हो । 

प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओमा २ अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ । २४ लाख २५ हजार ५३१ जनाले २ करोड ७९ लाख ३६ हजार ३६०० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले गरेको निष्काशनमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि रहेको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट गरिने छ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । जसबाट ५१ हजार ६७० जनाले मात्रै आईपीओ पाउनेछन् । बाँकी रहेको ८ जनाले भने ११ कित्ताका दरले शेयर पाएका छन् ।  बाँकी २३ लाख ६४ हजार भन्दा बढीको हात रित्तो भएको छ । 

नतिजाको लागि केही समयमा यहाँ जान सक्नुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय