गभर्नर सिफारिसमा विश्व पौडेलसहित तीनको नाम

काठमाडौँ, वैशाख ७ – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक मंगलबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकपछि अर्थमन्त्री विष्णु पौडेल बालुवाटार प्रस्थान गरेका छन्। बैठकमा अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

विश्व पौडेललाई नै गभर्नर बनाउने विषयमा राजनीतिक तहमा सहमति पहिले नै भइसकेको बताइएको छ। अब मन्त्रिपरिषद्को बैठक बस्न लागिरहेको छ, जसमा गभर्नर नियुक्तिको अन्तिम निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया