जेन–जी आन्दोलन र सेनाबीच आज वार्ता

जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच आज वार्ता हुने संभावना देखिएको छ। सेनाले वार्ताका लागि पहल गरेपछि तयारी अघि बढेको भए पनि, वार्ता कहिले र कसबीच हुने भन्ने विषयमा औपचारिक जानकारी अझै सार्वजनिक भएको छैन।

स्रोतका अनुसार, सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताको पहल गरेको छ। सेनाका प्रतिनिधिहरू हिजोदेखि नै जेन–जी आन्दोलन पक्षसँग सम्पर्क र समन्वयमा रहेका कारण आज अनौपचारिक संवाद अघि बढ्ने अपेक्षा गरिएको छ।

नेपाली सेनाले हिजो नै संवादका लागि आव्हान गर्दै देशवासीका नाममा सम्बोधन जारी गरेको थियो। उक्त सम्बोधनमा प्रधानसेनापति अशोक राज सिग्देलले आन्दोलनकारीलाई संयमित रहि संवादमा आउन आग्रह गरेका थिए। त्यसअघि राष्ट्रपति पौडेलले पनि जेन–जी आन्दोलनलाई शान्तिपूर्ण ढंगले वार्तामा सहभागी हुन आह्वान गरेका थिए।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग संवाद हुने बताएका थिए। तर उनले संसद विघटनलाई आफ्नो प्रमुख सर्तका रूपमा अघि सारेका छन्।

प्रतिक्रिया