बुद्धभुमि नेपालको शेयर बल्ल डिम्याट खातामा आयो,कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ । आईपीओ निष्कासन गरेको लामो समयपछि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । योसँगै दोस्रो बजारमा कारोबार हुने भएको छ । 

हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको शेयर यसै साता कारोबार हुनेगरि प्रक्रिया अघि बढिरहेको कम्पनीले जनाएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको  जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए ।  गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज  निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को  प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ०५ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २ सय ५२ रुपैयाँ १५ पैसा हुन्छ । 

प्रतिक्रिया