उपसभामुख हटाउने निर्णयप्रति कांग्रेस महामन्त्री शर्माको असहमति

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति अनुसार गरिएको उक्त निर्णय आफूले स्वीकार गर्न नसक्ने उनले प्रष्ट पारेका हुन्।

शर्माले बालुवाटारमा केही नेता बसेर परामर्शविना गरिने निर्णयलाई पार्टीभित्र संस्थागत मान्यता दिन नसकिने बताए। उनले भने, “उपसभामुख संलग्न भएको घटना गम्भीर छ तर विदेशमा रहँदा भूकम्प आउँदा घरबाट भागेजस्तो आपतकालीन शैलीमा पद हटाउने निर्णय सहमति योग्य छैन।”

रुपन्देही–३ मा उपनिर्वाचन तयारीमा व्यस्त रहेका कारण सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा सहभागी हुन नसकेका शर्माले पार्टीका गम्भीर विषयमा छलफल नगरी निर्णय सुनाउने शैली अस्वीकार्य भएको टिप्पणी गरे। उनका अनुसार, “कम्तीमा पदाधिकारी तहमा वा सभापति र महामन्त्रीबीच परामर्श हुनुपर्ने हो, तर यस्तो संवेदनशील विषयमा समेत छलफलै नगरी हतारमा निर्णय गरियो, यो सहमत हुने कुरा होइन।”

प्रतिक्रिया