नेकपा (एकीकृत समाजवादी)ले मन्त्रालयको जिम्मेवारी तोक्यो, यस्तो छ मन्त्रालय बाँडफाँड


काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई आज पूर्णता दिने विषयमा सहमति भएको एक नेताले बतााए । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको हो ।


समाजवादीबाट विरोध खतिवडालाई शहरी विकास, रामकुमारी झाँक्रीलाई स्वास्थ्य, प्रेम आलेलाई पर्यटन र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् भने भवानी खापुङलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
 

प्रतिक्रिया