शेयर बजार लयमा फर्किएकै हो ? साताको अन्तिम दिन पनि बढ्यो नेप्से

काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से प्रिओपन सेसनमा करिव ५ अंकले बढेर समग्र बजार २८०६ विन्दुमा पुगेको छ । बुधबार पनि नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको थियो । 

यो सेसनमा आज ४० कम्पनीहरुको एक करोड १३ लाख भन्दा धेरै कम्पनीको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य अधिकांस २१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ  ।

एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतको हाराहारीमा बढ्दा नेपाल बंगलादेश बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय