आफुले चन्दा नपाएपछि शेयर बजारलाई गलत भनेको प्रचण्डमाथि ओलीको आरोप

काठमाण्डौ । केहि दिन अघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारलाई लक्षीत गर्दै दिएको अभिब्यक्तिको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज खण्डन गर्नु भएको छ । 

उहाँले चन्दा नपाएपछि प्रचण्डले शेयर बजारप्रति नकारात्मक टिप्पणी गरेको बताउनु भयो । दाहालको सो भनाईले शेयर बजारमा नकारात्मक असर परेको थियो भने दुई दिन शेयर बजार नराम्रोसँग घटेको थियो । 

अहिले भने बजार सम्हालिरहेको छ भने नेताहरुले समेत आफ्नो भनाईको बचाउ गरेका थिए । आफूले बोल्दा अर्थतन्त्रमा के असर पर्छ, जनतामा के असर पर्छ भन्ने हेक्का नराख्ने प्रवित्तिको उनले विरोध गरेका छन् । आफुले त्यति बोलेको भए घोर विरोध हुने, माइतिघर घेर्न नपुगेर आफ्नो घरै घेर्न आउनेस्थिति बन्ने सक्ने तर प्रचण्डले पुँजीबजार विरोधी भाषण गर्दा पनि कसैले आवाज नउठाएको भन्दै ओलीले खिन्नता व्यक्त गरेका छन् ।


आफूले कहिल्यै पनि त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति नदिएको र नदिने उल्लेख गर्दै आफु सरकारमा रहँदा पुँजीबजारको विकास र सुधारको लागि पर्याप्त कामहरु गरेको पनि उनले बताए।

 

प्रतिक्रिया