बेलायतमा कोरोना संक्रमण फेरि भयावह बन्दै

काठमाडौँ - बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । 

पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।  योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् । 

कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ ।   

सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ हजार ५१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका बिरामी अस्पतालमै रहेका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय