काठमाण्डौ । प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् ।
बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले सोमबार अर्थात माघ २४ को ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।