शेयर बजार घट्दा पनि यी चार कम्पनीको शेयर बढ्यो, शेयरधनीले कमाए


काठमाडौं–चाडपर्व पछि शेयर बजारमा उतार चढाब भइरहेको छ । यो साताको पहिलो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार घटेको छ । नेप्से आज १.३८ अंकले घटेर गिरावट आएर दुई हजार ६ सय ८८ दशमलब ९२ विन्दुमा झरेको छ । आज नेप्सेमा ४ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।  


नेप्सेमा गिरावट आए पनि केही कम्पनीका शेयर धनीलाई लाभ लिएका छन् । आइतवार चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल, महालक्ष्मी विकास बैंक, तेह्रथुम पावर कम्पनी र मनुसी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।      

   
बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर आज प्रतिकित्ता ११८२५ रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको शेयरमूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता १०२१.५० रुपैयाँ पुगेको छ ।    

    
त्यस्तैगरी, आज हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज २७ करोड भन्दा बढीको कारोबार भएको छ ।    
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय