धितोपत्र बोर्डमा प्रमुख छान्ने विषय भाँडियो,फेरि समिति गठन गरिने

काठमाडौं - खाली रहेका दुई नियामक निकाय मध्य धितोपत्र बोर्डको प्रमुख चयन गर्न मागिएको आवेदन रद्द हुने भएका छन् । साथै सरकारले नयाँ समिति गठन गरेर पुन आवेदन माग्ने भएको छ । यसले अब फेरि केही समय नियामक निकाय खाली हुने भएको छ । 

अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने समिति नयाँ गठन हुने र सो समितिले पुनः आवेदन माग्ने छ । 

अहिले धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थमन्त्रालयले बनाएको हो । धितोपत्र बोर्ड ऐनमा अध्यक्ष छनोट गर्नको लागि राष्ट्रिय योजना आयोगको पूँजीबजार हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति गठन गर्ने भनेको छ । 

अर्थमन्त्रालयले योजना आयोगलाई धितोपत्र हेर्ने सदस्यलाई संयोजक सिफारिस गर्न पत्र लेखेको थियो । आयोगमा उपाध्यक्ष या सदस्य जसले पनि धितोपत्र हेर्न सक्ने व्यवस्था छ ।

 

प्रतिक्रिया